४ बैशाख २०८१, मंगलवार

थप ५ जनामा कोरोना


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप पाँच जनामा कोरोना भाइरस  (कोभिड १९) को संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा तीन जना, दैलेख अस्पताल र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा एक, एक जनामा कोरोनाको संक्रमण देखिएको हो ।

जसमा सुर्खेतका तीन, दैलेख र जाजरकोटका एक, एक जना रहेका छन् । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशकी जनस्वास्थ्य अधिकृत करुणा भट्टराईका अनुसार यो संगै कुल संक्रमिको संख्या एक हजार नौ सय ७० पुगेको छ ।

यस्तै शनिबार थप पाँच जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । यो संगै हाल सम्म कुल डिस्चार्ज हुनेको संख्या एक हजार आठ सय ६८ रहेको छ ।

कुल संक्रमण पुष्टी भएका मध्ये ६ जनाको मृत्यु भएको छ भने हाल ९६ जना संक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।