कर्णालीमा थप ८ जनामा कोरोना, ११ जना डिस्चार्ज
सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ६ जना, दैलेख अस्पतामा एक जना र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा एक जनामा कोरोना देखिएको हो ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख बृषबहादुर शाहीका अनुसार नयाँ संक्रमित सल्यान र दैलेखका दुई, दुई जना रहेका छन् । यस्तै सुर्खेत, सर्लाही, धनुषा र मुसिकोट नगरपालिका रुकुम पश्चिमका एक, एक जना रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमित हुनेको संख्या दुई हजार ११ पुगेको छ ।
मंगलबार थप ११ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । यो संगै हाल सम्म कर्णालीमा संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या एक हजार ८ सय ९१ पुगेको छ ।
मन्त्रालयका अनुसार कुल संक्रमण पुष्टी भएका मध्ये ६ जनाको मृत्यु भएको छ भने हाल एक सय १४ जना सक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।
कर्णालीपाटी । २७ श्रावण २०७७, मंगलवार १६:२२