७ बैशाख २०८१, शुक्रबार

ख्रिस्टय चर्च इत्रामका युवाहरुले रक्तदान गरे


सुर्खेत । ख्रीष्टय चर्च इत्राममा युवाहरुले रक्तदान गरेका छन् । ख्रीष्टय चर्च इत्रामको जवानहरुको आयोजना र नेपाल रेडक्रस सुर्खेतको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो ।

जवान संगतिका अध्यक्ष पा.ज्ञान गुरुङले कोरोना भाइरस कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै वीरेन्द्रनगरमा हाल रगतको अभाव भैरहेको महशुस गर्दै रक्तदान कार्यक्रम गरेको बताए ।

कार्यक्रममा ९ जना महिला र १८ जना पुरुषले रक्तदान गर्नु भएको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतका प्राविधिक दिपेन्द्र केसीले जानकारी दिए ।