१३ बैशाख २०८१, बिहीबार

वडास्तरीय वक्तृत्वकलामा राना प्रथम


सुर्खेत । ‘कोरोना भाइरसविरुद्ध युवाको भूमिक’ विषयक खुला वक्तृत्वकला प्रतियोगितामा अन्जली राना प्रथम भएकी छन् । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ वडास्तरीय युवा सञ्जालले आयोजना गरेको वडा स्तरीय वक्तृत्वकलामा वडाका विभिन्न विद्यालयका विद्यार्थीहरुबाट राना प्रथम भएकी हुन ।

प्रतियोगितामा द्धितिय बिपना विश्वकर्मा, तृतीय सिर्जना विश्वकर्मा र सान्त्वना सुरेश लामिछाने भएको ४ नम्बर वडा स्तरीय युवा सञ्जालका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए ।

वडा नम्बर ४ वडास्तरीय युवा सञ्जालले आयोजना गरेको प्रतियोगितामा ४ नम्बर वडा कार्यालय सह–आयोजकको रुपमा रहेको थियो । भने प्रतियोगितामा जजको भूमिका आदर्श विक्रम सिंह, केवश सापकोटा र दिपा तिवारीले गरेका थिए ।