हुम्लामा अवैध चाईनिज मदिरा बरामद

सुर्खेत । जिल्ला प्रहरी कार्यालय हुम्लाले अवैध रुपमा राखिएको चाईनिज मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरी टोलीले ६१ बोतल चाईनिज झिनि मदिरा नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।
उक्त मदिरा ३० हजार पाँच सय मुल्य बराबरको रहेको उनको भनाई छ । साथै त्यस सम्बन्धीका थप खोज तथा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



कर्णालीपाटी । ३० श्रावण २०७७, शुक्रबार १८:४९