८ बैशाख २०८१, शनिबार

सिमित बजेटले जनताका असिमित आवश्यकता पुरा गर्न गाह्रो छ – अध्यक्ष बस्नेत


स्थानीय सरकार बनेको तीन बर्ष पुरा भएको छ । तीन बर्ष पुरा हुँदै जाँदा जनताले भने अपेक्षा अनुसारको विकास गर्न नसकेको गुनासो गर्दै आएका छन् भने जनप्रतिनिधिहरुले जनताको आवश्यकता अनुसारको काम गरिरहेको बताइरहेका छन् । स्थानीय तहमा आएको सिमित बजेटले जनताका असिमित आवश्यकता पुरा गर्न गाह्रो भएको बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत बताउँछन् ।
अहिलेको अवस्थामा स्थानीय तहले जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको स्वीकार्दै अध्यक्ष बस्नेतले स्थानीय तहले पाउनुपर्ने अधिकार पाए पनि सोहि अनुसारको बजेट नपाएको बताए । स्थानीयतहमा प¥याप्त स्रोत साधन नभएको र केन्द्रबाट आएको बजेट कर्मचारीको तलब, कार्यालयहरुमा बाँडफाँड गर्दा नै ठूलो हिस्सा सकिने भएका कारणले विकास निर्माणका प¥याप्त बजेट नहुने उनको भनाई छ । विकास निर्माण, कोरोना भाइरस तथा अन्य सम्बन्धीत बिषय बस्तु सहित बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत संग कर्णालीपाटीका तर्फबाट गरिएको कुराकाहानी ।

कोरोना भाइरस (कोभिड १९) को महामारी संग कसरी लडिराख्नु भएको छ ?

कोरोना भाइरस संक्रमणको महामारी सुरु भए यता देखि नै हामी व्यवस्थित रुपमा संक्रमण हुन नदिन लागि रहेका छौँ । हामीले बाहिरबाट आउने मानिसहरुको लागि यहाँका विद्यालयहरुमा व्यवस्थित क्वारेन्टिन बनाएर उनीहरुलाई त्यहाँ राखेर चेक गरेर मात्रै घर व्यवस्था गरेका छौँ । वडा तहमा विभिन्न सचेतना मुलक कामहरु पनि भइरहेका छन् ।

पछिल्लो सयम साउन यता क्वारेन्टिनमा बस्ने मानिसको संख्या घटेकाले हामीले विद्यालय सबै खाली गरिसकेका छाँै । अहिले पनि बाहिबाट आउने मानिसलाई मध्येनजर गर्दै वडा नम्बर ८ को हुड्केमा हामीले व्यवस्थित क्वारेन्टिन निर्माण गरेका छौँ । त्यहाँ बस्न चाहाने मानिसलाई हामीले त्यहाँ राख्ने गरेका छौँ ।

अहिले विशेष गरी बाहिरबाट आउने मानिसहरु केहि वीरेन्द्रनगर तिरै बस्छन भने कोहि होम क्वारेन्टिनमा बस्ने गरेका छन् ।
तथ्याङ्क अनुसार बराहताल गाउँपालिका भित्र हाल सम्म ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यो भध्ये ८ जना बाहेक अरु सबै उपचार पछि डिस्चार्ज भएर घर फर्कीसक्नु भएको छ । ८ जना मध्ये केहि वीरेन्द्रनगरमा हुनुहुन्छ भने केहि होम आइसोलेसनमा रहनु भएको छ ।

तथ्याङ्क अनुसार भारत तथा अन्य तेस्रो मुलुकबाट हाम्रो गाउँपालिकामा १७ सय भन्दा बढि मानिसहरु आउनु भएको छ । अहिले पनि बेला बेलामा आइराख्नु भएको छ । कोरोना भाइरस नियन्त्रणको लागि प्रदेश सरकारबाट १५ लाख र केन्द्र सरकारबाट १७ लाख ५३ हजार बजेट आइको थियो ।

गत आर्थिक बर्ष २०७६÷०७७ को बजेट कति खर्च भयो ?

कोरोना भाइरसको कारणले गत आर्थिक बर्षको बजेट अपेक्षा अनुसार खर्च हुन सकेन् । कतिपय योजनाहरुको काम पनि अधुरो रहन पुग्यो । तथ्याङ्क अनुसार ६७ दशमदव ८९ प्रतिशत बजेट खर्च भएको छ । अघिल्ला बर्षहरुमा भन्दा गत आर्थिक बर्षमा कम बजेट खर्च भएको हो । कोरोना भाइरसको कारण केहि योजनाहरको रकम रकमान्तर हुन पु¥यो । भने केहि योजनाहरुलाई दुई बर्षे योजना बनाएर अघि बढ्नु प¥र्ने अवस्था आएको छ ।

स्थानीय सरकार बनेको ३ बर्ष नागिसकेको छ । यो समयमा तपाईको गाउँपालिका भित्र भएका मुख्य मुख्य कामहरु के के हुन ?

यो समय भित्र हामीले थुर्पै कामहरु गरेका छौँ । हामीले प्रत्येक वडामा सडक पु¥याएका छौँ । यो भन्दा पहिले सबै वडामा सडक थिएन् । तीन नम्बर वडा बाहेक सबै वडा कार्यालयमा नै गाडी जान्छन् । त्यो बाहेक अन्य ठाउँमा पनि सडक पुगेको छ ।

खानेपानीको क्षेत्रमा वडा नम्बर १० मा लिप्टिङ खानेपानीको आयोजना सम्पन्न गरेका छौँ । वडा नम्बर ६ मा पनि भेरी नदिको पानी लिप्टिङ गर्ने योजनाको काम अघि बढेको छ । अन्य विभिन्न बस्तीहरुमा खाने पानीको समस्या सामाधानको लागि हामीले विभिन्न योजनाहरु अघि बढाएका छौ । बिजुली बक्ती वडा नम्बर चार हुँदै अन्य वडामा जाने क्रममा छ । शिक्षालाई व्यवस्थित गर्न लागिरहेका छौँ । जसमा विद्यालय मर्ज गर्ने, भवन निर्माण, असाय, गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृति दिने जस्ता विभिन्न कामहरु , उनीहरुलाई प्रोत्साहान गर्ने जस्ता काम गरेका छौँ ।

कृषिको क्षेत्रमा हामी विशेष रुपमा लागिरहेका छौँ । विभिन्न कृषि समूह निर्माण गरेर कृषि प्रति युवाहरुको आक्रषण बढाउने, स्थानीय माग अनुसारका अन्य योजनाहरु पनि सुरु गरिरहका छौँ ।

प्रदेश सरकार संगको समन्वयमा वडा नम्बर १० वदालतालमा, वडा नम्बर पाँचको सुनद्धारीमा भौसी खरिद गरेर दुघ संकलनको काम गरिरहेका छौँ । दुख चिस्यान केन्द्र पनि निर्माण भइसकेको छ ।

स्वास्थ्य क्षेत्र एकदमै जटिल क्षेत्र हो भन्ने मान्यताका साथ हामी विशेष रुपमा लागिरहेका छौँ । यस भन्दा पहिले ५ वडा वडामा मात्रै स्वास्थ्य केन्द्र थियो । तर अहिले १० वटै वडामा स्वास्थ्य केन्द्र स्थापना गरेका छौँ । अन्य धेरै योजनाहरु हामीले सुरु गरेका छौँ ।

गाउँपालिकाको मुख्य प्रथामिकता के हो ?

गाउँपालिकाको अहिले त मुख्य प्रथामिकता कोरोना भाइरस नियन्त्रण गर्न नै हो । हामी यसैमा विशेष रुपमा लागिरहेका छौँ । हामीकहाँ दुई वडा एम्बुलेन्स तयारी अवस्था छन् । विभिन्न सचेतना मुलक कामहरु अहिले पनि गरिरहेका छौँ ।
त्यस पछिको हाम्रो मुख्य प्रथामिकता पूर्वाधार निर्माण नै हो । त्यसमा पनि यातायत क्षेत्रलाई मुख्य प्रथामिकतामा राखेका छौँ । यस अघिका बर्षहरुमा सडक नै हाम्रो मुख्य प्रथामिकतामा पर्ने गरेको थियो । त्यस पछि शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाई लगायतका क्षेत्रहरु पर्ने गरेका छन् ।

स्थानीय सरकारको लामो कार्यकाल सकिदै गर्दा जनताको आवश्यकता अनुसार काम भएन भन्दै जनताले असन्तुष्ट पोखिरहेका छन् यसलाई कसरी लिनु भएको छ ?

यसलाई हामीले पनि स्वीकार गरेका छौँ । हामीले जनताका केहि आवश्यकता पुरा गरेपनि उनीको अपेक्षा अनुसारको काम गर्न सकेका छैनौँ । स्थानीय तहले पाउनुपर्ने अधिकार पाएको छ । तर नयाँ अनुभव र बजेटको सिमितताका कारण हामीले जनताको आवश्यकता अनुसारको काम गर्न सकेका छैनौँ ।

कर्मचारीको पनि नयाँ अनुभव, हाम्रो पनि नयाँ अनुभव ऐन नियम बनाउनु पर्ने, कार्यविधि बनाउनुपर्ने, अधिवेशन जस्ता कुराहरुले केहि समय हामीलाई अल्मल्यायो । भने मुख्य कुरा बजेटको कमि छ । हामी संग आम्दानीका स्रोतहरु एकदमै कम छ । वन हाम्रो मातहतमा आउने सकेको छैन । गिट्टी बालुवा केहि स्रोत हो । पैसा थोरै हुन्छ कर्मचारीको संख्या धेरै हुन्छ । कार्यालयहरु धेरै छन् । तलव मै ठूलो रकम जान्छ ।

जस्तै चालु आर्थिक बर्षमा हाम्रो गाउँपालिकामा ४८ करोड बराबरको बजेट आएको छ । यो मध्ये, मातहतका विभिन्न कार्यलयहरु, कर्मचारीहरुलाई बाँड्दा बाँड्दै विकास निर्माणको लागि जम्मा ९, १० करोड मात्रै बच्ने अवस्था छ । त्यो बजेटले ठोष काम हुन सकेको छैन । प्रत्येक वडामा गाबिस हुँदा जस्तै गरी बजेट जाने अवस्था छ ।

कानुन निर्माणको काम कहाँ पुग्यो । के कस्ता जटिलताहरु पाउनुभयो ?

हामीले हामीले हामीलाई चाहिने ८, ९ वटा कानुन निर्माण गरिसकेका छौँ । केहि निर्माणको क्रममा पनि रहेका छौँ । यो प्रक्रिया हाम्रो लागि नौलो अनुभव भएका कारणले पनि कानुन निर्माणमा एकदमै जटिलताहरु आए । कति पय कानुन केन्द्रले नबनाए सम्म प्रदेश सरकारले बनाउन नपाउने, प्रदेशले नबनाउन्जेल सम्महामीले बनाउन नपाइने रहेछ । त्यसले गर्दा पनि केहि समस्या आएको थियो ।

तपाईलाई जनताले सबै भन्दा धेरै सोध्ने प्रश्न के हो ?

जनताले हामीलाई सोध्ने प्रश्न नै विकास निर्माणका हुन । बिजुली बक्ती, बाटो, कुलो जस्ता विषयमा प्रश्न गर्नु हुन्छ । कतिपय अवस्थामा चोट पटक लाग्दा वा अन्य बिरामी हुँदा उपचारको आस पनि गर्नु हुन्छ हामी सके सम्मको सहयोग गर्छौँ ।

आगामी दिनमा के कस्ता योजना छन् । तपाईको कार्यकाल सकिदा बराहताल गाउँपालिका कस्ता हुन्छ ?

मेरो पाँच बर्षे कार्यकाल भित्र बराहताल गाउँपालिकाका सबै वडामा सडक पुगेर गाढि गुडिरहेको हुनेछ । १० वटै वडामा बिजुली बक्ती पुगिसकेको हुनेछ । हामी शिक्षालाई व्यवस्थित गर्दै विद्यालयलाई मर्ज गर्ने, केहि भवनहरु निर्माण भइसकेका हुनेछन् । कृषि क्रान्ती गर्नको लागि युवाहरुलाई अक्रर्षण गर्ने खालका विभिन्न योजनाहरु अघि बढाइरहेका छौँ, स्वास्थ्य पूर्वाधार क्षेत्रमा हामीले थुप्रै योजनाहरु सुरु गरेका छौँ । ती योजनाहरु मेरो कार्याकाल भित्र पुरा हुनेछन् ।