५ बैशाख २०८१, बुधबार

मुख्यमन्त्रीलाई स्वागत गर्न विद्यालय बन्द


कालीकोटः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोट आएपछि विद्यालय बन्द गर्नुपरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मुख्यमन्त्रीको स्वागतमा लिनुपर्ने भएपछि विद्यालय बन्द गरेर मुख्यमन्त्रीको स्वागतका लागि १ दिन विद्यालय बन्द गर्नु परेको छ ।
जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–६ मा रहेको पन्चदेवल व्यवसायीक तथा प्राविधिक विद्यालय मुख्यमन्त्री सान्नित्रिवेणीमा आएपछि विद्यालय बन्द गरि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मुख्यमन्त्रीको स्वागतका लागि प्रयोग गरिएको हो । सान्नित्रिवेणीमा विद्यालयको भवन उद्घाट गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सान्नित्रिवेणी आएका थिए । मुख्यमन्त्री आएपछि विद्यालय बन्द नगर्नु पर्ने कनाम नवताउने सर्तमा एक जना शिक्षले इकर्णाली पाटीसंग गुनासो गरे ।
कालीकोट जिल्लामा सम्पन्न भएका योजनाको उद्घाट र अनुगमन गर्न कालीकोट आईपुगेका मुख्यमन्त्री शाहीलाई सान्नित्रिवेणीमा विद्यालय बन्द गरि भव्य स्वागत गरिएको थियो । जिल्लाको पलाता गाउँपालिका, पचालझरना गाउँपालिका, रास्कोट नगरपालिकाको अनुगमन गरि सान्नित्रिवेणी गाउँपालिकामा पुगेका मुख्यमन्त्रीलाई स्थानीय नागरिक भन्दा पनि विद्यालर्थीले स्वागत गरेको नाम नबताउने सर्तमा एक स्थानीयले भने ।
कुनै पनि कार्यक्रममा बालबालिका प्रयोग नगर्ने प्रतिवद्धता गरेका राजनीतिक दलले नै बालबालिकाको प्रयोग गर्ने गरेको भन्दै स्थानीयले मुख्यमन्त्री शाहीको चर्को आलोचना गरेका छन् ।