७ बैशाख २०८१, शुक्रबार

शिक्षा पत्रकार समाज कालिकोटको संयोजकमा सिम्खाडा


कालीकोटः शिक्षा पत्रकार समाज कालिकोटको संयोजकमा पत्रकार विश्वनाथ सिम्खाडा चयन भएका छन ।
कर्णाली प्रदेशको विरेन्दनगरमा यहि चैत, २ गते भएको भेलाले, कर्णाली प्रदेशको प्रमुखको जिम्मेवारी देखि प्रदेशका दश वटै जिल्लाको नेतृत्व टुंगोमा पु¥याएको हो । प्रदेश संयोजकमा पत्रकार नवराज महतारा, सह–संयोजकमा भानुभक्त खड्कालाई जिम्मेवारी दिएको छ भने कालीकोट जिल्लाको संयोजकमा पत्रकार सिम्खाडाले जिम्मेवारी पाएका छन् ।
शिक्षाका क्षेत्रमा कलम चलाएको र आगामी दिनहरूमा शिक्षाको विकासका लागि पत्रकारको भुमिका महत्वपूर्ण रहने उद्देश्यले शिक्षा पत्रकार समाज स्थापना गरिएको हो । कालिकोटको संयोजकको जिम्मेवारी पाउने सिम्खाडा तिब्रिकोट मिडिया प्रा. लि का अध्यक्ष तथा राजधानी दैनिक कालिकोटका जिल्ला सम्वावदाता हुन ।