७ बैशाख २०८१, शुक्रबार

आपतकालीन राहत काेष स्थापना


पत्रकार महासंघ कालिकोटले ५ लाख बराबरको आपतकालिन पत्रकार राहत कोषको स्थापना गर्ने भएको छ । नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्टको अध्यक्षतामा बिहिवार बसेको आपतकालिन वैठकले सो निर्णय गरेको हो ।

बिश्वभर भयानक रुपमा फैलियको नयाँ भेरियन्ट सहितको कोभिड १९ कोरोना भाइरसको महामारि लाई मध्यनजर गर्दै यसका पिडित कालिकोटका क्रियाशिल पत्रकारहरुलाई यस महामारिबाट बचाउन महासंघ कालिकोटले यस्तो निर्णय गरेको अध्यक्ष भरतराज बिष्टले बताए।

कोभिड १९ कोरोना कहरको बेला पत्रकार पहिलो फन्र्टलाइनमा रहेर काम गर्ने भएकाले सवैभन्दा बढि पत्रकारहरुलाई उच्च जोखिम रहेको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले देशका प्रत्येक जिल्लामा रहेका शाखाहरुलाई आपतकालिन राहतकोष स्थापना गर्ने परिपत्रको आधारमा उक्त आपतकालिन राहतकोष स्थापना गरिएको जनाइएको छ ।

कोरोना कहरको बेला संक्रमित भई उपचारको क्रममा देशभर दर्जनौ पत्रकारहरुको ज्यान गईसकेको छ । उक्त राहतकोष स्थापना गरिसकेपछि स्थानिय सरकार, प्रदेश सरकार तथा सरकारि गैह्सरकारि कार्यालय र अन्य ब्यापारि बुद्धिजिवि लगाएतलाई उक्त राहतकोषका लागि सहयोग गर्न नेपाल पत्रकार महासंघ कालिकोटले अपिल समेत गरेको छ ।

सम्पन्न बैठकले हाल सम्म जिल्ला तथा देशभर कोरोना संक्रमित भई उपचारको क्रममा रहेर होम आइसुलेसनमा रहेका र कोभिड अस्पतालमा रहेका पत्रकारहरुको स्वास्थ्यलाभको कामना गरिएको छ भने अहिले सम्म कोभिडका कारण ज्यान गुमाउनेहरु प्रति गहिरो समबेदना समेत प्रकट गरेकाे छ ।