८ बैशाख २०८१, शनिबार

आफ्नो कतुत लुकाउन २ पटक विज्ञप्ती


कालीकोटः उद्योग बाणिज्य संघ कालीकोटले २ पटक झुटो विज्ञप्ती निकालेको छ । इकर्णाली पाटी अनलाईमा जेठ ३ गते ‘व्यापारी ठग्दै उद्योग बाणिज्य संघ’ शिर्षकको समाचार प्रकाशित भएको थियो ।
समाचार प्रकाशित भएको ३ दिन पछि अर्थात जेठ ६ गते उद्योग बाणिज्य संघ कालीकोटले एक विज्ञप्ती प्रकाशित गरि गलत मनसायले समाचार प्रकाशित भएको भनेको थियो । उद्योग बाणिज्य संघका अध्यक्ष रतनबहादुर शाही र रंगलाल देवकोटाद्धारा हस्ताक्षरित विज्ञप्तीमा तत्काल समाचार खण्डन नगरे प्रेस काउन्सिल, अदालत, प्रशासन र पत्रकार महासंघमा उजुरी दिने धम्की विज्ञप्ती मार्फत दिएका थिए । भने पुन अर्को विज्ञप्ती जेठ ८ गते प्रकाशित गरि समाचार खण्डन गरिदिन आग्रह गरेका छन् ।
जिल्लामा दैनिक उपभोग्य वस्तुको मुल्य बृद्धि भयो भन्ने जनगुनासो आएपछि उद्योग बाणिज्यसंघ कालीकोटले मान्मका व्यापारीलाई दररेट दिएको थियो । दुई पानाको दररेट दिएको उद्योग बाणिज्य संघले एक पानाको फोटोकपीको २५ रुपैयाका दरले २ पानाको दररेटको ५० रुपैया व्यापारीबाट उठाएको थियो । ५० रुपैया बाफतको व्यापारीलाई रसिद दिनुपर्ने उद्योग बाणिज्यसंघले रसिद विनानै ५० रुपैया उठाएको समाचार प्रकाशित भएको थियो ।