१४ बैशाख २०८१, शुक्रबार

नागरिक वारपार गर्न स्काभेटरको प्रयोग


कालीकोटः स्काभेटरले नै नागरिकलाई वारपार गराईदिन्छ भन्दा अच्चम लाग्न सक्छ अच्चम मान्नुपर्ने कुनै कारण छैन । जिल्लाको पचालझरना गाउँपालिका र रास्कोट नगरपालिका जोड्ने फुगाड खोलामा स्थानीय नागरिकलाई स्काभेटर (डोजर) ले वारपार गराउने गरेका छ ।
कर्णाली करिडोर अन्तगर्तको फुगाडा खोलामा भएको बेलिब्रिज गत असारमा आएको बाढीले बगाएको थियो । बेलिब्रिज बगेको करिव एक वर्ष पुग्न लाग्दा पनि सम्बन्धित निकायले चासो दिएको देखिदैन । खोलामा पानी घटेपछि बैकल्पीक सडक निमार्ण गरि यातायातका साधन संचालन भइरहेका थिए । केही दिन अघिदेखिको अविरल वर्षाले बैकल्पीक बाटो बगायो । खोलामा पानीको वहाफ ह्वात्तै बढेपछि नागरिकलाई आवतजावतमा समस्या भयो ।
नेपाल कम्यूनिष्ट पाटी विप्लप समुहका जिल्ला सेक्रेटरी मनिलाल ऐडिले आफ्नो आफन्त रुखबाट लडेपछि उपचारका लागि मान्म ल्याउन पर्यो मान्म ल्याउदा उनले खोला तर्न सकेनन् र स्काभेटरको बकेटमा राखेर विरामीलाई वारी तारेर मान्म ल्याए । यस्तो अवस्थामा पनि स्थानीय सरकार र सम्बन्धित निकायले चासो नदिएको ऐडिले बताए ।
उनले भने, ‘अहिले निषेधाज्ञा भएपनि कर्णाली करिडोरमा दैनिक विरामी र मालवाहक यातायातलाई आवतजावतमा समस्या भएको छ ।’ स्थानीय सरकारले फुगाडमा बेलिब्रिज मर्मतका लागि कुनै चासो दिएको छैन । खोलामा बेलिब्रिज सहित झुलुङ्गे पुल गत असारको बाढीले बगाएको छ ।