८ बैशाख २०८१, शनिबार

कालीकाेटमा मनाईयाे खुसियाली


कालीकाेट:  सर्वोच्च अदालतले दोस्रो पटक संसद विघटन गर्ने सरकारको  निर्णयलाई बदर गरिदिएपछि कालिकोट जिल्लामा पनि विपक्षि गठबन्धनले दिप प्रज्वलन सहित खुसियाली मनाएका छन  । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ मा प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतले प्रतिनिधि सभा पुःनस्र्थापना गरिदिएपछि कालिकोटमा विपक्षि गठबन्धनहरुले दिप प्रज्वलन सहित खुसियाली मनाएका छन ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले फैसला सुनाउँदै सरकारको सो निर्णयलाई बदर गरिदिएको हो । पाँच सदस्यीय संवैधानिक इजलासले दिएको आदेशसँगै प्रतिनिधिसभा पुनःस्थापित भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गरेको छ ।

सर्वोच्च अदालतले नेपाली काग्रेंसका सभापति शेर बहादुर देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियूक्त गर्न परमादेश दिएसँगै नेपाली काग्रेंस नेकपा माओवादी केन्द्र र जनमोर्चाले संयूक्त रुपमा कालिकोटमा दिप प्रज्वलन सहित खुसियाली मनाएको छ ।

निषेधाज्ञामा कुनै पनी विरोध जुलस जस्ता भेला हुने कार्यक्रम गर्न नपाउने भन्दै प्रहरी प्रशासनको घेरा तोडेर भएपनी प्रतिमाचोकमा दिप प्रज्वलोन गरेर स्वागत गरेका हुन ।

दिप प्रज्वलन चोकमा कोण सभा गरी प्रतिगमनको अन्त्य भएको भन्दै सर्वोच्वले गरेको फैसला जन्ताको पक्षमा रहेको भन्दै स्वागत गरेका थिए ।

कोणसभामा वोल्दै नेकपा माओवादी केन्द्र कालिकोटका अध्यक्ष धनजित शाहीले आम नेपाली जनताको जित भएको बताएका छन । उनले बर्तमान सरकारले नेपाली जनताको मर्म विपरीत गरेको कामलाई आज सर्वोच्च अदालतले गलत ठहराएको बताएका छन ।

यस्तै नेपाली काग्रेंस पार्टि सहसचिव दमन शाहीले जव देशमा कुनै संकट आउछ, देशमा संविधान विपरीत काम हुन्छन तव नेपाली काग्रेंसकाे आवश्य पर्ने र आज फेरी नेपाली काग्रेंसको आवश्यक परेको र अदालतले पसन नेपाली काग्रेंसलाई संविधानको रक्षा गर्न आदेश दिएको बताएका छन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका कालिकोट जिल्ला अध्यक्ष धनजित शाही, नेपाली कांग्रेसका पाटी सह सचिव दमन बहादुर शाही, नेता टेकराज शाही, कार्यालय सचिव हरिस वोगटी नेविसंघ नेता नेत्र शाही, नेकपा माओवादी केन्द्रका नेता खेमबहादुर सिंह, धर्मराज शाही विद्यार्थी नेता हिक्मत शिंह लगायतका विद्यार्थी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।