८ बैशाख २०८१, शनिबार

लाजशरम हराएका नेपाललाई एमालेमा ठाउँ छैन ; एमाले अध्यक्ष ओली


काठमाडौं । एमालेकै नेता माधव नेपालको कारण आफ्नो सत्ता ढलेको भन्दै अध्यक्ष केपी ओलीले उनलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् ।

बालुवाटारबाट कार्यकर्ताको स्कर्टिङमा बालकोट पुगेका ओलीले बार्दलीबाट अरु नेताहरुको हकमा गल्ती र कमजोरी स्वीकारेर एमालेमा आउने ठाउँ बाँकी भए पनि माधव नेपालको निम्ति त्यो बाटो नभएको उनले बताएका हुन् ।

‘अरु नेता कार्यकर्ताले आत्माआलोचना गरेर आए पार्टीमा ठाउँ पाउँछन् । तर, माधव नेपालको हकमा अब त्यो सम्भव छैन’ कार्यकर्ताले नेपाललाई एमालेबाट निकाल्नुपर्ने माग गरेपछि ओलीले भने, ‘आफ्नै पार्टीको सरकार ढाल्ने माधव नेपालको हकमा गल्ती कमजोरी स्वकार गरी आत्मालोचना गरेर पार्टीमा फर्किने कुनै ठाउँ छैन ।’

आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्नका लागि विरोधी पार्टीहरुको लाइन लगाएर राष्ट्रपतिकोमा जाने नेपाल लाजशरम् हराएका मानिस भएको टिप्पणी ओलीले गरेका हुन् ।