२१ बैशाख २०८१, शुक्रबार

 पीडितको साहारा बन्दै यूनिसेफ नेपाल र किर्डाक नेपाल


 

रुकुम पश्चिम । पृतिसत्तात्मक चिन्तनले गुज्रिएको र आध्यात्मक सोचले कुन्ठित परेको कर्णालीका महिलाको जनजीवन निकै कष्ठकर रहेको छ । विभिन्न बाहानामा परिवारदेखि सामाजको शोषण र हिंसामा परेकी महिलाको अवस्था घर न घाटको बन्न पुगेको छ । कतिपय महिला चुलो चौकोमै सिमित छन् भने अधिकांश महिला निरक्षर रहेका छन् ।

अशिक्षाको कारण विभिन्न हिंसामा परेकी महिला सामाजको अभद्र व्यवहार र पुरुषको हैकमको चपेटामा मात्रै आफ्नो जिवन चलाउन बाध्य परेका छन् । पछिल्लो समयमा विभिन्न हिंसामा परेका र साहाराविहिन महिलाहरुको साहारा बन्दै छ युनिसेफ र किर्डाक नेपाल ।

कर्णाली प्रदेशका दश वटै जिल्लामा यूनिसेफ नेपाल र एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपाल पीडितको साहारा बन्दै आएको छ । महिला तथा बालवालिकाको क्षेत्रमा काम गदै आएको यूनिसेफ र किर्डाक नेपालले विभिन्न कारणले मानशिक तथा शारिरिक हिंसा, घरेलु हिंसामा परेका र साहाराविहिन महिलाहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।

यूनिसेफ नेपालको आर्थिक सहयोग र  किर्डाक नेपालको आयोजनामा कर्णालीका दश वटै जिल्लामा एकद्वार संकट व्यबस्थापन प्रणाली सञ्चालानमा ल्याएको छ । हाल रुकुम पश्चिममा एकद्वार संकट व्यबस्थापन प्रणाली सञ्चालनमा आएपछि विभिन्न खाल्का हिंसामा परेका २७ जना पीडित महिलाहरुलाई आर्थिक सहयोग गरेको ओसिएमसी संयोजक जिल्ला अस्पताल सल्लेका मेडिकल अधिकृत डा. भिमकान्त जैशिले बताए । भने २३ जना  अति विपन्न तथा टुहुरा बालबालिकालाई रुकुम पश्चिमका वडा कार्यालयको समन्वयमा सहयोग गर्दै आएको छ ।

कोभिड–१९ रोकथाम एवंम् प्रतिकार्य परियोजनाको बाल संरक्षण कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशका दश जिल्लाका विभिन्न स्थानीय तहमा अति जेखिममा रहेका महिला तथा बालबालिकाहरुलाई सहयोग कार्यक्रम सञ्चालन भईरहेको छ । यूनिसेफ र किर्डाक नेपाल संस्थाले सहयोग गरेको रकमले पिडितलाई राहत पुगेको किर्डाक नेपालका इमुनेटर चिना विकले बताइन् । लामो समयदेखि कोरोणा भाईरस कोभिड– १९ तथा अन्य कारणले हिंसामा परेका महिला तथा बालबालिकालाई राहत स्वरुप आर्थिक सहयोग गर्दै आएको किर्डाक नेपालका मिल अफिसर किरण पौडेलले बताए ।

उतm कार्यक्रम महिला तथा बालवालिका, जेष्ठ नागरिक, अपाङ्ग लगाएतका क्षेत्रमा चासो राखि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको पौडेलले बताए ।  किर्डाक नेपाल गरिब, दुःखी अतिविपन्न नागरिकका मन, मुटुमा बस्न सफल भएको छ कोरोना भाइरस (कोभिड १९) ले दुई वर्ष देखि विश्व लगाएत नेपाल समेत अछुतो रहन नसकेको बेला  कोरोना महामारीमा पनि कोरोना आपतकालिन राहत वितरण गर्दै आएको थियो ।

कर्णाीि एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले कर्णालीमा महिला मानव अधिकार, र सामाजिक न्यायका साथै भौतिक निर्माणको क्षेत्रमा समेत काम गर्दै आएको छ ।