८ बैशाख २०८१, शनिबार

निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दा आन्दोलित, राजमार्ग अबरुद्ध


सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–५ का दुई जनालाई आइतबार जंगली जनवारले खाएर मृत भेटिएपछि निकुञ्का मध्यवर्ती क्षेत्रका स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् । स्थानीयले सुर्खेत–नेपालगञ्ज राजमार्ग अवरुद्ध गरेका हुन् ।
बर्दीया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका भेरीगंगा–५ गेरवानीका रामबहादुर चन्द र कवि ओलीको जंगली जनवारको आक्रमणबाट मृत्यु भएको थियो ।
मानवीय क्षति पु¥याउन जंगली जनावरलाई नियन्त्रणमा लिनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्ने र राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध गरेका हुन् ।
स्थानीयसँग समन्वय गरी अवरुद्ध राजमार्ग खुलाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतलेले जनाएको छ ।
स्थानीयले नेदुईपालगञ्ज–सुर्खेत जोड्ने रत्न राजमार्गअन्तर्गत बबई क्षेत्रमा सडक अवरुद्ध गरेपछि मालबाहक तथा सवारी साधन रोकिएका छन् ।