विशेषज्ञ स्वास्थ्य सेवा शिविर संचालन


कालीकोटः जिल्लाको तिलागुफा नगरपालिका–४ राचुलिमा रहेको नगर अस्पतालमा विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिएको छ ।
तिलागुफा नगरपालिकाले स्वास्थ्यसंग उपप्रमुख निशुल्क शिविर आयोजना गरेको हो । नगरपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा नगपालिका भित्रका स्थानीय नागरिकले सेवा लिन पाउने भएका छन् । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि शिविरको उद्घाटन गरेको छ ।
तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीको अध्यक्षता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति मंगल रावलको प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको हो । शिविरबाट तिलागुफा नगरपालिकाका नागरिकले बालरोग, स्त्री रोग, दन्त सेवा, हाडजोर्नी लगायतका विशेषज्ञ सेवा पाउने भएका छन् ।
शिविर तिलागुफा नगरपालिकाको राचुलीमा मात्र नभएर नगरभरी संचालन गर्ने उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । उनले भने ‘नगरका नागरिकलाई स्वास्थ्य सेवा लिन बाहिर जानुपर्ने बाध्यता हटाउन नगरपालिकाले विशेषज्ञ सेवा संचालन गरेको छ ।’