८ बैशाख २०८१, शनिबार

स्वास्थ्य सेवा कार्यालय कालीकाेटकाे अनुगमन


कालीकाेट: कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री यज्ञबहादुर बिसिले जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकाेटकाे अनुगमन गरेकाे छन् ।
स्वास्थ्य क्षेत्रकाे बिकास गर्नका लागि मन्त्री बिसिले स्वास्थ्य कार्यालयकाे अनुगमन गरेकाे हुन् । अनुगमनका क्रममा निमित्त कार्यालय प्रमुख कटक महतले स्वास्थ्य सेवा कार्यालमा खानेपानिकाे अभाव, यातायातकाे अभाव, केही उपकरणकाे अभाव भएकाले कर्णाली प्रदेश सरकारले ब्यवस्थापन गरिदिन आग्रह गरे ।
डा. अप्सरा हमालले स्वास्थ्य सेवा कार्यालयमा बिशेषज्ञ सेवा उपलब्ध गराउन अनुराेध गरिन् । उनले बिशेषज्ञ सेवा भए कालीकाेट लगायत आसपासका विरामीलाई अन्यत्र रिफर गर्न नपर्ने बताईन् ।
अनुगमनकाे सिलसिलामा माननीय मन्त्री बिसीले स्वास्थ्य सेवा कार्यालय कालीकाेटमा भएकाे जनशक्तिको अभावलाई तत्काल समाधान गर्ने बताए । उनले, कर्णाली प्रदेश सरकारले सकेसम्म अहिलेकाे बिनियाेजित बजेटबाट स्वास्थ्य सेवाकाे बिकास गर्ने बताए ।
अहिले कर्णाली प्रदेश सरकारले ७०% बजेट स्वास्थ्यमा बिनियाेजित गरेकाे बताए । मन्त्रीसंग अनुगमनमा नेपाली काँग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमनबहादुर शाही लगायतकाे उपस्थिति थियाे ।