दाेस्राे मेयर कपकाे उद्घाटन


कालीकोटः जिल्लाको तिलागुफा नगरपालिकामा दोस्रो मेयर कप प्रतियोगिताको उद्घाटन गरिएको छ ।
तिलागुफा नगरपालिका–३ फोइमहादेवमा रहेको महादेव मावि फोइकोटले ४३ र्औ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर दोस्रो मेयर कप प्रतियोगिताको उद्घाटन गरिएको हो ।
तिलागुफा नगरपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर शाहीको अध्यक्षता, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर विसीको प्रमुख आतिथ्यता तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायको विशेष आतिथ्यतामा वार्षिक उत्सव तथा दोस्रो मेयर कप प्रतियोगिताको उद्घाटन गरिएको हो ।
दोस्रो मेयर कपको उद्घाटन गर्दै प्रमुख अतिथि माननिय मन्त्री विसीले खेल क्षेत्रको विकासमा सवैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताए । उनले सामाजिक विकास मन्त्रालयले शिक्षा, स्वास्थ्य महिला तथा बालबालिका जेष्ठ नागरिकको लगायत ७ वटा क्षेत्रमा काम गर्दै आएको जनाए ।
उनले तिलागुफामा नगरपालिकाले शिक्षा र स्वास्थ्यमा खेलेको भुमिकाको खुलेर प्रशंसा गरे । शिक्षा र स्वास्थ्यको विकासका लागि तिलागुफा नगरपालिकालाई चाहिने जनशक्ति र उपकरणहरु सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उद्घाटन कार्यक्रममा तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायले तिलागुफाको विकासका लागि प्रदेश सरकारको पनि दायित्व रहेको बताए । उनले स्थानीय सरकारले गर्न सक्ने काम गरिरहेकाले प्रदेश सरकारले पनि स्थानीय सरकारलाई सहयोग गर्न आग्रह गरे ।
उनले भने, ‘करिव १३ वर्ष पछि फोइकोटमा विभागीय मन्त्री ल्याएका र्छौ यसले पनि तिलागुफाको विकासमा केही सहयोग पुग्ने अपेक्षा छ ।’ कार्यक्रममा तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । उनले, राचुलीमा स्थापना गरिएको नगर अस्पतालमा केही उपकरण नभएकाले प्रदेश सरकारले उपकरणको व्यवस्था मिलाईदिन आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमनबहादुर शाहीले काँग्रेसले नै विकासको ढोका खोल्ने भएकाले तिलागुफाको विकास पनि काँग्रेसकै पालामा हुने ठोकुवा गरे । काँग्रेसका युवा नेता एवं महाधिवेशन प्रतिनिधि मनराज शाहीले तिलागुफा नगरपालिका खेलाडिको उर्वर भुमि भएको बताए । उनले खेलाडिले कालीकोटको मात्र नभएर तिलागुफाले खेलकुद क्षेत्रबाट देशको नाम उच्च राखेको बताए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि लगायत स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।