अभियान सफल पार्न काँग्रेसले ताेक्याे पालिका संयाेजक
कालीकोटः नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटले जिल्लाका ९ वटै पालिकामा अभियान संचालनका लागि संयोजक तोकेको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले सुरु गरेको ‘जनताको साथमा काँग्रेस’ अभियानलाई सफल बनाउनका लागि जिल्ला कार्य समिति कालीकोटले प्रत्येक पालिकामा संयोजक तोकेर अभियान सफल पार्न काँग्रेस नेतालाई पठाएको पाटी प्रवक्ता टिकाराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार ९ वटै पालिकाका स्थानीय नेता कार्यकतासंग सहकार्य गर्दै पाटीको संगठन विस्तारमा संयोजक लाग्नु पर्ने छ । काँग्रेसले खाडाचक्र नगरपालिकामा महासमिति सदस्य टेकराज शाही, रास्कोट नगरपालिकामा महासमिति सदस्य नारायणप्रसाद भट्टराई, तिलागुफा नगरपालिकामा महाधिवेशन प्रतिनिधि मनराज शाही, शुभकालीका गाउँपालिकामा महासमिति सदस्य मोतिराज बम, महावै गाउँपालिकामा महिला नेतृ शुसिला बम, नरहरिनाथ गाउँपालिकामा महाधिवेशन प्रतिनिधि हिक्मत बहादुर विष्ट, सान्नित्रिवेणी गाउँपालिकामा महाधिवेशन प्रतिनिधि दानबहादुर बम, पचालझरना गाउँपालिकामा महिला नेतृ छाया सुनार र पलाता गाउँपालिकामा भावना शाहीलाई संयोजक तोकेको प्रवक्ता न्यौपानेले बताए ।
कर्णालीपाटी । १५ भाद्र २०७९, बुधबार १७:२३