कर्णालीबाट जिल्लाबाट आएका उम्मेदवारका सिफारिस कांग्रेसले पठायो केन्द्रमा पठायो


सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशबाट जिल्लाबाट उम्मेदवार सिफारिस भइ आएका सबैको नाम केन्द्रमा पठाएको छ । नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको बैठकले सोमबार जिल्लाबाट सिफारिस भएर आएका नामावली केन्द्रमा पठाएको हो ।
नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले सल्यानबाहेक नौ जिल्लाबाट आएका जिल्लाका उम्मेदवारीको सिफारिस केन्द्रको पठाइएको बसेको कार्य समितिको बैठकले केन्द्रमा पठाएको बताए । ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य प्रत्यक्ष र समानुपातिक निर्बाचनका लागि सल्यान जिल्ला बाहेक ९ वटा जिल्लाबाट प्रक्रिया पूरा गरि आएका सिफारिस लाई केन्द्रिय सर्कुलर बमोजिम प्रदेश कार्यसमितिले राय लेख्दै पठाउने सर्बसम्मत निर्णय गरेको छ ।’ उनले भने,‘हामीले राय पेश गरेकै आधारमा केन्द्रमा निर्णय हुनेछ ।