संविधानको रक्षार्थ मेरो उम्मेदवारीः नेता विष्ट


कालीकोटः नेपाली कांग्रेसका नेता कालीकोट जिल्ला निर्वाचन क्षेत्र नं ख बाट बाम लोकतान्त्रिक गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार हिक्मत बहादुर विष्टले सत्ता गठबन्धन संविधानको रक्षा गर्नका लागि बनेको बताएका छन् ।
नेपाली काँग्रेसले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले दुई तिहाइको सरकारले पटक–पटक संविधान माथि प्रहार गरिरहेकाले संविधानको रक्षा, स्थिरता र नविन अभियानलाई स्थापित गर्न ५ दलिय गठबन्धन भएको स्पष्ट पारे । उनले देश भर भईरहेको गठबन्धन कालीकोटमा पनि कुनै हालतमा नटुट्ने बताए । कालीकोटमा गठबन्धन बलियो भएकाले २ प्रदेश र १ प्रतिनिधि सभामा गठबन्धन विजयी हुने दावि गरे ।
पत्रकार भेटघाटमा जिल्लाका कृयाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो भने काँग्रेस पाटी सभापति अम्मबहादुर शाही, नेपाली काँग्रेस कर्णाली प्रदेशका पाटी प्रवक्ता दमनबहादुर शाही पाटी सचिवद्धय नगेन्द्र विष्ट, मातृका सिंह लगायतका नेताको उपस्थिति रहेको थियो ।