१६ चैत्र २०८०, शुक्रबार

कालीकोट जीप दुर्घटना हुँदा चार जना घाइते


सुर्खेत । मुगुबाट सुर्खेततर्फ आउँदै गरेको जीप कालीकोटका दुर्घटनामा भएको छ । मंगलबार करिब १२ बजे कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५ खल्लागाडमा जीप दुर्घटना भएको हो ।
मुगुबाट सुर्खेत आउन लागेको भे १ ज ४४१२ नम्बरको जीप दुर्घटनामा परेको चार जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताए । ‘जीपमा सवार चार जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ ।’ उनले भने‘जीपमा सवार अन्य ६ जना सामान्य घाइते भएका छन् ।’
जीपमा १० जना सवार रहेको र घाइतेहरुको प्रहरी र स्थानीयले उद्धार गरेर उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको तिलागुफा नगरपालिका प्रमुख शंकर उपाध्यायले बताए ।
जीप के कारणले दुर्घटना भएको भन्ने बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।