कर्णालीमा एमाले खोल्यो खाता


सुर्खेत । कर्णालीमा प्रदेशसभामा एमालेले खाता खोलेको छ । जुम्ला प्रदेश सभा ‘ख’ मा एमालेका टेकराज पछाई विजयी भएका छन् । एकीकृत समाजवादीका पदम रोकायालाई हराउँदै पछाई विजयी भएका हुन् ।
रोकाया कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री हुन् ।
२० हजार ६ सय १६ मत खसेकोमा एमालेका पछाईको पक्षमा ७ हजार ८१५ मत आएको छ । रोकायाले ६ हजार ७२२ मत प्राप्त गरे । एमालेका पछाईले १ हजार ९३ मतले पराजित गरेका हुन् ।