८ बैशाख २०८१, शनिबार

सुर्खेत–१ मा कांग्रेस उपसभापति खड्काको सुरुवाती अग्रता


सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा सुरुवाती अग्रता लिएका छन् । तीन हजार २३८ मत गणना हुँदा खड्काले १ हजार ७७२ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका ध्रुवकुमार शाहीले १३ सय ५५ मत प्राप्त गरेका छन् ।
यस्तै राप्रपाका छत्रपति थापाले ६६ मत प्राप्त गरेका छन्् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले १७ मत प्राप्त गरेका छन् ।
सुर्खेत–१ मा मंगलबार राति १२ बजेबाट मत गणना सुरु भएको थियो ।
यस्तै प्रदेशसभातर्फ पनि लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । प्रदेश ‘क’तर्फ नेपाली कांग्रेसका उम्मेदवार खड्क पोखरेलले दुई हजार २०० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका ठम्मर विष्टले १ हजार ३२६ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा ‘ख’बाट लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्ण जिसी ‘जितेन्द्र’ १ हजार १७८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका डण्डीप्रसाद शर्माले ९२९ मत प्राप्त गरेका छन् ।