७ बैशाख २०८१, शुक्रबार

बास्तविक पीडितले राहत पाउन सकेनन्


कालीकोटः जिल्लाको तिलागुफा नगरपालिका–७ मा बास्तविक पीडितले राहत नपाएको खुलेको छ ।
गत असोजमा परेको अविरल वर्षाका कारण क्षति व्यहोर्न पुगेका तिलागुफाका बास्तविक पीडितले राहत नपाएको स्थानीयले बताएका छन् । किडार्क नेपाल कालीकोटले वितरण गरेको राहतमा विभेद भएको स्थानीयले गुनासो गरेका हुन् ।
खाद्यन्न लगायतका राहत सामाग्री वितरणमा तिलागुफाले हुनेखानेहरुलाई दिएको स्थानीय धीरबहादुर शाहीले बताए ।
किडार्कले दिएको राहत बास्तविक पीडितले भन्दा पनि पहुँच हुनेले पाएको उनको भनाई छ । तिलागुफा नगरपालिका–७ का पीडितलाई खाद्यन्न सहयोग गरेको हो । खाद्यन्न वितरणमा पनि एकरुपता ल्याउन नसकेको स्थानीयको भनाई छ । विभिन्न संघसंस्थामा जागिर भएका, सरकारी सेवा सुविधा पाउर्दै आएका एकाधघरका व्यक्तिहरुलाई राहत वितरण गरेको स्थानीयको भनाई छ ।