१४ बैशाख २०८१, शुक्रबार

कामदारले मुद्दा हाले ज्यान बचाईदिनुस्


कालीकोटः जिल्लाको खाडाचक्र नगरपालिकाले समयमै भुक्तानी नदिदा आफुले मुद्दा खेप्नु परेको बरातु–बदालकोट सडक निमार्ण उपभोक्ता समितिका अध्यक्ष धीरबहादुर शाहीले बताएका छन् ।
आर्थिक वर्ष २०७८÷०७९ को समपुरक बजेटबाट निमार्ण गरिएको सडकको समयमै भूक्तानी नपाउदा आफु समस्यामा परेको गुनासो गरेका हुन् । नगरपालिकाको ढिलासुस्तीका कारण आफुले अहिले कामदारबाट मुद्दा खेपीरहनु परेको उनको भनाई छ । ६० लाखको लागतमा निमार्ण गरिएको बरातु–बदालकोट सडकको नगरपालिकाका कर्मचारीले समयमै विल नउठाउदा आफुलाइ समस्यामा परेको शाहीले बताए ।
उनले ६० लाखको लागतमा निमार्ण गरिएको सडकबाट पेश्की स्वरुप ४८ लाख भुक्तानी लिएको र ३८ लाखको लागतमा निमार्ण गरिएको कर्णाली माध्यमिक विद्यालय रेगिलबाट १६ लाख पेश्की लगेको जानकारी दिए । पेश्की लगेर काम सम्पन्न गरिसक्दा पनि नगरपालिकाले आफ्नो कार्य सम्पन्न बिल नउठाउदा आफु अहिले समस्यामा परेको भन्दै उनले सरोकारवालाई आफ्नो ज्यान बचाईदिन हारगुहार गरेका हुन् ।
उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन् ‘केही दिन पछि मेरो जीन्दगीको अन्तिम भएको जानकारी गर्न चाहान्छु, कालीकोट जिल्लामा रहुन भएका प्रमुख जिल्ला अधिकारी ज्यू लगायता यस जिल्लामा रहुन भएका मानव अधिकारका साथिहरु पत्रकार यस जिल्लामा रहनुभएका र यस जिल्लाबाट विजयी हुनु भएका माननीय ज्यू लगायत यस जिल्लाका जनप्रतिनिधि ज्यूहरुमा मेरो जिन्दगी अन्तिम के कसको कारणले खुलाएर लेख्न चाहान्छु । खाडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही, उपप्रमुख गणेशबहादुर शाही, सव इन्जिनियर कम्मरबहादुर बम र इन्जिनियर रत्न भण्डारीका कारणले मेरो जिन्दगी जार्दैछ ।’ भन्दै स्टाटस लेखेका छन् ।
उनले जेठ महिनामा सम्पन्न भएका २ वटा योजना अहिलेसम्म पनि नगरपालिकाले भुक्तानी नगरेको भन्दै आपत्ति जनाए । असारमा भुक्तानी गरिसक्नु पर्ने योजनाको अहिलेसम्म भुक्तानी त परको कुरा कार्य सम्पन्न मुल्यांकन पनि नगरपालिकाले नगरिदिएको शाहीको भनाई छ । नगरपालिकाले योजनाको रकम अन्त रकमान्तर गरेको जानकारी गराउर्दै आएको पिडित शाहीले बताए ।
कार्यसम्पन्न मुल्यांकन गरिदिन आफुले पटक पटक इन्जिनियर रत्न भण्डारीलाई खवर गर्दा पनि चासो नदिएको गुनासो गरे । इन्जिनियर भण्डारीले आफुले सहजै कार्य सम्पन्न प्रतिवेदन तयार गर्नुपर्ने ठाउँमा नगरप्रमुख कमलबहादुर शाहीको आदेश चाहिने प्रतिक्रिया दिर्दै आएको पीडित धीरबहादुर शाहीले बताए ।
यस विषयमा हामीले नगरपालिकामा बुझ्दा कसैको फोन लागेन ।