घरमुलीको मृत्यु भएपछि बालबच्चाकाे बेहाल


कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु खिरचौकामा एक युवकको मृत्यु भएपछि उनका बालबच्चा र श्रीमतिको बेसहरा भएका छन् । गत पुस १२ गते जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ८ निवासी २५ बर्षिय राजेन्द्र विष्ट भीरबाट लडेर मृत्यु भएको हो ।
बेसाहाका लागि मकै खरिद गर्न जाँदा भीरबाट लडेर दुःखद मृत्युु भएको स्थानीयले बताएका छन् । दुई छोरी र एक छोरालाई खानेकुरा ल्याएर आउँछु है भनेर घरबाट हिडेका राजेन्द दुई दिनपछि काफलपाटाको भीरबाट लडेर मृत फेला परेका थिए ।
आर्थिक अवस्था निकै कमजोर भएका विष्टको मृत्यु भएपछि उनको सहरामा रहेका श्रीमति पिय्रंका विष्ट, ७ वर्षीया छोरा अशोक विष्ट ४ वर्षीया आस्तिका विष्ट र २ महिनाका विरसा बिष्ट बिचल्लीमा परेका छन् ।
आर्थिक अवस्था निकै कमजोर भएका कारणले स्थानीयले खाद्यान्न उठाएर सहयोग गर्ने गरेको अहिले बच्चाको पढाई लेखाईमा समस्या भएको स्थानीय मिमबहादुर विष्टले बताए । ‘बेसहारा बनेका ७ बर्षिय छोरा, चार र एक बर्षिया छोरीको लालन पालन मात्र होइन पढाइ लेखाइसमेत अन्योल बनेको छ ।’ उनले भने,‘स्थानीय सरकार र गैर सरकारी संस्थाको आवश्यक सहयोगको प्रतिक्षामा हिउँदको चिसो सहेर घरपरिवार बसिरहेका छन् ।’