८ बैशाख २०८१, शनिबार

प्रेस युनियनको कर्णाली प्रदेश अध्यक्षमा थापा


सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेशको प्रथम प्रदेश अधिवेशनबाट नरेश थापा प्रदेश अध्यक्षमा सर्बसम्वत चयन भएका छन् । थापाको २१ सदस्यीय कर्णाली प्रदेश समितिको गठन गरेको हो ।
समितिको खुल्ला उपाध्यक्षमा रमेश शाही, महिला उपाध्यक्षमा गिता शाही, समावेशी उपाध्यक्षमा नवीन शाक्य, महासचिवमा निरक शाही, खुला सचिवमा कृष्णबहादुर वली, महिला सचिवमा रामदेवी खड्का, समावेसी सचिवमा रमा केसी र कोषाध्यक्षमा अंकबहादुर बुढा चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा नवीन शाही, रमेश बोगटी, श्रवण देवकोटा, गोबिन्द रोकाया, गणेश बानियाँ, सुरिता बस्नेत, राधिका शाह, डम्बर बि.क, सिर्जना बुढाथोकी, डिलु रावत, प्रेम वली, लिलराज रोकाया र छिमा के.सी चयन भएको निर्वाचन समितिको सदस्य खगेन्द्र भट्टराईले जानकारी दिए ।