कर्णाली: सभामुखका लागि कांग्रेसका पोखरेल गरे उम्मेदवारी दर्ता


सुर्खेत । कर्णाली प्रदेशको सभामुखमा नेपाली कांग्रेसबाट खड्ग पोखरेलले उम्मेदवारी दिएका छन् । शनिबार प्रदेश सभामा पुगेर पोखरेलले सभामुखमा उम्मेदवारी दिएका हुन् ।
बिहान करिब ११ बजेको सयमा कांग्रेसका पोखरेलले उम्मेदवारी दर्ता गराएको प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले बताए ।
पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए । अहिलेसम्म सत्तारुढ गठबन्धनले उम्मेदवार छनौट गर्न सकेका छैनन् ।