पत्रकार पौडेलको निधनप्रति शोक पुस्तिका राखियो


सुर्खेत । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको यही माघ १ गते पोखरामा जहाज दुर्घटनामा भएको दुखद् निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले कार्यालयमा शोक पुस्तिका राखेको छ । निधनमा स्तब्ध बनेको पत्रकार महासंघ कर्णाली प्रदेशले आज कार्यालयमा शोकसभा सम्पन्न गरेको हो ।
साथै १३ दिनसम्मका लागि कार्यालयमा शोक पुस्तिकासमेत राख्ने निर्णय भएको पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्रप्रसाद भट्टराई जानकारी दिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतले पनि पत्रकार पौडेललेका निधनप्रति श्रन्द्धाजली सभाको आयोजना गर्दै शोक पुस्तिका राखेको छ ।
पौडेल पोखराबाट प्रकाशीत हुने हटलाइन दैनिक पत्रिकाको सम्पादक, प्रकाशक रहेका थिए । २०४३ भदौ ५ गते पर्वतको आर्थरडाँडाखर्कमा जन्मिएका थिए ।