मुख्यमन्त्री शर्माले लिए विश्वासको मत


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत लिएका छन् । मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिएका हुन् ।
शर्माले मुख्यमन्त्री भएको नियुक्त भएको १० दिनमा विश्वासको मत लिएका छन् ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा शर्माको पक्षमा २५ र विपक्षमा १४ मत खसेको थियो । नेकपा (माओवादी केन्द्र) को १३, नेकपा एमालेको ९, नेकपा एकीकृत समाजवादी र राप्रपाको १÷१ र स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएका थिए ।
नेपाली कांग्रेसले भने विपक्षमा मतदान गरेको थियो ।