१३ बैशाख २०८२, शनिबार

देउडा प्रतिष्ठान गठन


 

सुर्खेत । कर्णाली र सुदुरपश्चिम प्रदेशको लोक संस्कृतीको जर्गेना गर्नका लागि देउडा प्रतिष्ठान, नेपाल गठन गरिएको छ । चर्चित देउडा खेलाडी नेत्रराज शाहीको अध्यक्षतामा १३ सदस्यीय देउडा प्रतिष्ठानको गठन गरिएको हो ।

प्र्रतिष्ठानको उपाध्यक्षमा पुष्पराज आचार्य, भूपेन्द्र शाही र जानकी ऐडी, महासचिवमा  मनलाल जैसी सचिव कर्णबहादुर थापा र काेषाध्यक्षमा  नरबहादुर रावत कोषाध्यक्ष चयन भएका छन् । सदस्यमा पार्वती सन्ञ्याल, कलन्दरा अधिकारी, शान्ति अधिकारी, जयलाल मल्ल, रामबहादुर रावत सदस्य रहेका छन् ।

कर्णाली र सुदुरपश्चिम प्रदेशमा देउडा संस्कृतीको खोज अनुसन्धान तथा संरक्षण गर्नका लागि देउडा प्रतिष्ठान नेपालको गठन गरिएको प्रतिष्ठानका अध्यक्ष नेत्रराज शाहीले जानकारी दिए । ‘कर्णाली र सुदुरको लोक संस्कृतीको रुपमा रहेको देउडा संस्कृतीको अध्यायन तथा अनुसन्धान गर्नका समिति गठन गरिएको हो ।’ उनले भने,‘यस प्रतिष्ठानले यहाँको लोक संस्कृतीको जर्गेना गर्ने लक्ष्य राखेको छ ।’

कर्णाली र सुदुरपश्चिमको पराम्परागत रुपमा देउडा संस्कृती रहेको यसको विकास तथा नयाँ प्रतिभालाई प्रोहोत्सान गर्नका लागि देउडा प्रतिष्ठान गठन गरिएको प्रतिष्ठानका उपाध्यक्ष पुष्पराज आचार्यले बताए । ‘देउडा गीत मात्रै होइन सस्कृति हो । यस भित्र देउडा खेल, देउडा गायन र देउडा नाच जस्ता ३ बिधा प्रर्दछन ।’ उनले भने,‘यो प्रतिष्ठानले देउडा सस्कृतिमा योगदान दिएका जिल्ला र स्थानिय तह सम्मका देउडा सर्जक तथा गायकलाई समेट्नेछ ।’