सुर्खेतमा पाँच जनामा दादुरा पुष्टी


सुर्खेत । सुर्खेतमा पनि दादुराका बिरामी भेटिएका छन । सुर्खेतका तिन वटा पालिकामा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ ।
वीरेन्द्रनगरमा तीन जना, गुर्भाकोट नगरपालिका एक जना र चिङगाड गाँउपालिकामा एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
छिमेकी जिल्ला बाँकेमा दादुरको संक्रमण तिब्र भइहहेको बेला सुर्खेतमा पनि संक्रमण देखिएकाकाले सतर्कता अपाउन प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले आग्रह गरे ।
प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परिक्षण र खोप अभियानलाई तिव्रता दिएको जनाइएको छ ।