पर्यटकको पर्खाइमा तिलागुफा


कालीकोटः कर्णाली राजमार्गको ठ्याक्कै पारी पट्टी तिलागुफा छ । जिल्लाको पूर्वी क्षेत्रमा रहेको तिला नदिको छेउमै रमाइरहेको छ तिला गुफा ।
यहि गुफाको नामबाट नामाकरण गरेएको नगरपालीका हो तिलांगुफा नगरपालिका । केही वर्ष अघिसम्ममा झोरझाडी जंगल र ओडार झै देखिँदा यहाँका स्थानीयहरू गुफामा पुग्नै डराउने गर्थे । ओझेलमा रहेको गुफालाई देवस्थलको रुपमा पूजाआजा गर्दै आएका छन् यहाँका स्थानीयहरू । गुफा भित्र अहिले देउती बज्यैको पुजाआजा गर्न थालिएको छ । गुमनाममा रहेको गुफा संरक्षणमा स्थानीय सरकारको सक्रियता बढेपछि प्रचारमा आउन थालेको हो । कालीकोटको सदरमुकाम मान्म देखी २ घन्टाको दुरीमा र तिलागुफा नगरपालिको गाल्जेदेखी १५ मिनेटको दुरीमा तिला नदिको छेउमै रहेको गुफामा पुग्न सकिन्छ ।
गुफा क्षेत्रमा आवातजावात सहज बनाउनका लागी सिडी तथा रेलिङहरू निमार्ण गरीएको छ । यो गुफामा दर्शन गरी भाकल गरे मनोकाक्ष पूरा हुने विश्वास रहँदै आएको छ । स्थानीय सरकारको सक्रियतामा गुफाको संरक्षणमा जुटेपछि प्रचारमा आउन थालेको हो ।
गुफाको प्रचार–प्रसार संरक्षण तथा सम्बद्र्धनका लागि स्थानीय सरकारले रकम विनियोजन पछि भौतिक निर्माणका कामहरू हुँदै आएको छ । गुफालाई तिलागुफा नगरपालिका क्षेत्रको मात्र नभई जिल्लाकै पर्यटकीय गन्तब्यको रूपमा बिकास गर्न स्थानीय सरकारले चासो देखाएको छ ।
पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने
गुफालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तिलागुफा नगरपालिकाका प्रमुख शंकर प्रसाद उपाध्यायले बताए । उनले तिलागुफालाई आर्थिक रुपमा सम्पन्न गराउन तिला गुफामा रहेका पर्यटकीय क्षेत्रको खोजी गरि पर्यटकीय हवका रूपमा विस्तार गर्न थालिएको जनाए ।
पर्यटकीय सम्भावना बोकेको तिलागुफा को विकासका लागी केन्द्र र प्रदेश सरकारसंग पनि सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ । तिलांगुफा नगरपालिका मा रहेको यो गुफाको प्रचारप्रसारका लागि नगरपालिकाले बजेट विनियोजित गरेर गुरुयोजना बनाउन सुरु गरेको प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।
पर्यटन प्रबद्र्धनका सम्भावनाहरूको खोजी गर्दै गुफालाई पर्यटकीय गन्तब्यका रूपमा विकास गर्न सके पर्यटकहरू भित्र्याउने मात्र नभई यहाँका नागरिकहरूलाई आर्थीक रुपमा समृद्ध बनाउन सकिने सम्भावना रहेको तिलागुफाका उपप्रमुख महेन्द्र बहादुर शाहीले बताए ।
गुफासंँगै सधैँ स्थिर रहिरहने सुन्दर तिला नदि र घना जङ्गलले गुफाको आकर्षण बढाएको
कर्णालीपाटी । १६ माघ २०७९, सोमबार ०७:४०