११ बैशाख २०८१, मंगलवार

रवि लामिछानेलाई गृहमन्त्री नबनाएको भन्दै आत्मदाहको प्रयास


 

सुर्खेत । जुम्लामा एकजना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । विहिबार दिउँसो ३ बजेतिर जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जना यूवाले आत्महत्याको प्रयास गरेका हुन् ।

कोहलपुर नगरपालिका–१०मा स्थायी घर भएका वर्ष ४० का गोकर्ण कार्कीले रवि लामिछानेले न्याय पाउनु पर्छ भन्दै शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्ने प्रयास गरेको प्रहरी नायब उपरिक्षक (डिएसपी) नरेन्द्र चन्दले बताए । ‘नीज कार्की शरीरमा पेट्रोल खन्याई सकेर शरिरमा आगो लगाउने तयारीमा थिए ।’ उनले भने,‘प्रशासनकै भवनको आँडमा भएकोले हामीले छिटै थाहा पाएनौ । तत्काल रोकेपछि मानवीय क्षती हुनबाट भने जोगियो ।’

आगो सल्काउन थालेका कार्कीबाट प्रहरीले लाईटर खोसेको थियो । आत्मदाहको प्रयास गर्ने कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चालक हुन् । विगत १५ वर्षदेखि प्रतिष्ठानमा काम गर्दै आएका छन् ।