८ बैशाख २०८१, शनिबार

भीरबाट लडेर एक जनाको मृत्यु


सुर्खेत । कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । खाडाँचक्र नगरपालिका –११ बदालकोटका ४० वर्षीया नवराज शाहीको भीरबाट लडेर मृत्यु भएको हो ।

बाख्रा किन्न भनेर सान्नित्रिवेणि गाउपालिका–२ रकुतर्फ जानु भएका शाहीको सान्नित्रिवेणी गाउँपालिकास्थित ढल्ने भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा दुई जनाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए ।