४ बैशाख २०८१, मंगलवार

धुम्रपान तथा सुर्तीजन्य पदार्थको उपयोगबाट बच्नका लागि जनचेतना मुलक कार्यक्रम


कालीकोटः जिल्लाका दुई वटा माध्यमिक विद्यालयहरुमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको उपयोगबाट उत्पन्न रोगको रोकथाम तथा नियन्त्रण निदान र उपचार सम्बन्धि महिला युवा विद्यार्थीसंग जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
युवा अवस्थामा अधिकाँश बालबालिका कुलतमा पस्ने, धुम्रपान र सुर्तिजन्य पदार्थको कारोबारमा लाग्ने भएकाले उक्त क्रियाकलापबाट बच्न बालबालिका र विद्यार्थीहरुको माझमा जनचेतना मुलक कार्यक्रम गरिएको हो ।
धति फाउण्डेशनको आयोजना, स्वास्थ्य कर कोषको सचिवालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा जिल्लाको खाडाचक्र नगरपालिकामा रहेका २ वटा माविमा जनचेतना मुलक कार्यक्रम संचालन गरिएको हो । खाडाचक्र नगरपालिका– २ मा रहेको पंचदेव मावि मान्म र जनजिवन मावि ताडिमा जनचेतना मुलक कार्यक्रम गरिएको हो ।
बालबालिका र विद्यालय स्तर समुहका छात्रा छात्रहरुलाई कुनै पनि दुव्र्यसनिमा फस्न नदिनका लागि जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको धति फाउण्डेशनका अध्यक्ष धर्मराज शाहीले बताए । उनले जिल्लाका तिनवटा पालिका खाडाचक्र नगरपालिका, शुभकालीका गाउँपालिका र पलाता गाउँपालिकामा कार्यक्रम संचालन गरिएको बताए ।
जिल्ला वकिल कार्यालयका सिताराम राउत, प्रहरी निरीक्षक शुभराज बमले धुम्रपान तथा सुर्तीजन्य पदार्थको उपयोगबाट उत्पन्न रोगको रोकथाम तथा कानुनी व्यवस्थाका बारेमा प्रष्ट पानुभएको थियो । धति फाउण्डेशनका अध्यक्ष धर्मराज शाहीको अध्यक्षतामा भएका दुई छुटाछुट्टै कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकार, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।