वडाको सिफारिसमा कार्यालय सहयोगीको हस्ताक्षर


कालीकोटः वडाले दिने सिफारिसमा कार्यालय सहयोगीको हस्ताक्षर भेट्टीको छ । कालीकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–९ का कार्यालय सहयोगी निल तिरुवाले वडाबाट दिइने सिफारिस मा आफुले हस्ताक्षर गरेर सिफारिस दिएका छन् ।
वडाध्यक्ष नभएको अवस्थामा कार्यवाहक वडाध्यक्षले दिइनु पर्ने सिफारिस कार्यालय सहयोगीले दिएका हुन् । वडाध्यक्ष नरपति तिरुवा कामले संघिय राजधानी काठमाण्डौ गएको मौका पारि कार्यालय सहयोगी निल तिरुवाले सिफारिस दिएको खुलेको छ । वडाबाट प्रदान गरिएका सिफारिसमा कार्यालय सहयोगीले हस्ताक्षर गरेर दिएका छन् ।
आफु कामले संघिय राजधानी काठमाण्र्डौ आएकाले कार्यालय सहयोगीलाई सिफारिस दिनु भनेकाले कार्यालय सहयोगीले सिफारिस दिएको वडाध्यक्ष नरपति तिरुवाले बताए । उनले कार्यव्यस्तताले आफुले कार्यवाहक वडाध्यक्ष कसैलाई नदिएकाले स्थानीय नागरिकलाई काममा ढिलासुस्ति हुन नदिनका लागि कार्यालय सहयोगीलाई हस्ताक्षर गरेर सिफारिस दिनु भनेको स्विकार गरे ।
कार्यालय सहयोगीले आफ्नो हस्ताक्षरमा नागरिकताको प्रमाणपत्र र फरक फरक प्रमाणीतका सिफारिस दिएका छन् । प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले वडाबाट वितरण गरिने सिफारिसमा कर्मचारीले हस्ताक्षर गर्न नपाउने बताए । उनले कर्मचारीले नबुझेर सिफारिस दिएको हुन सक्ने बताए । वडाध्यक्ष कामले बाहिर जानु परे कार्यवाहक दिएर जानु पर्ने व्यवस्था छ । कार्यवाहक दिएको जानकारी जिल्ला प्रशासन कार्यालय पठाउनुपर्ने हुन्छ । प्रजिअ माझिले भने, ‘सान्नित्रिवेणी गाउँपालिका–९ बाट हामीलाई कुनै जानकारी आएको छैन, वडाको सिफारिस कार्यालय सहयोगीले भन्दा पनि वडाका कर्मचारीले दिन मिल्दैन ।’
तर सान्नित्रिवेणी गाउँपालिकाका–९ का वडाध्यक्ष नरपति तिरुवाले कार्यंवाहक नदिएरै जिल्ला बाहिर गएका छन् । उनको सहिछापको दुरुपयोग गर्दै कार्यालय सहयोगीले सिफारिस दिन थालेपछि त्यहाँका नागरिकले आक्रोश व्यक्त गरेका छन् ।

वडा कार्यालयबाट पाइने सेवाहरु