७ बैशाख २०८१, शुक्रबार

कृषि विकास कार्यालयबाट सम्पन्न योजनाको अनुगमन


 

कालीकोटः जिल्ला कृषि विकास कार्यालय कालीकोटकाबाट सम्पन्न गरिएका योगनाको अनुगमन गरिएको छ ।
आर्थिक वर्ष २०७९÷०८० मा निमार्ण सम्पन्न गरिएका योजनाको जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख बालकराम देवकोटा सहितको प्राविधिक टोलिले योजना अनुगमन गरेका छ ।


खाडाचक्र नगरपालिका–५ मा निमार्ण सम्पन्न भएका सिचाई कुलो र सिचाई पोखरीको अनुगमन गरिएको छ । कालीकोटमा निमार्ण गरिएका अधिकाँश योजनाको अनुगमन नगरि भुक्तानी दिने परम्पराको अन्त्य गर्न जिल्ला कृषि विकास कार्यालय लागि परेको छ । कार्यालयबाट निमार्ण भएका योजना प्राविधिक मुल्यांकनका आधारमा निमार्ण सम्पन्न भए÷नभएको फिल्डमै प्राविधिक लगेर कार्यालय प्रमुखले अनुगमन गरेका छन् ।
कृषि विकास कार्यालयबाट निमार्ण गरिएका योजनाको अनुगमन नगरी भुक्तानी दिने परम्पराको अन्त्य गर्न आफु योजना अनुगमनमा गएको कार्यालय प्रमुख देवकोटाले बताए । उनले खाडाचक्र नगरपालिका–५ मा निमार्ण गरिएका सिचाई कुलो र सिचाई पोखरीको अनुगमन गरेका हुन् ।


अनुगमनको आधारमा भुक्तानी दिने प्रमुख देवकोटाले बताए । उनले आफुले अनुगमन गरेको योजना प्रभावकारी भएको बताए । योजनामा कमसल सामाग्री प्रयोग नर्गन दिनका लागि प्राविधिक सहित आफु पनि अनुगमनमा गएको प्रमुख देवकोटाको भनाई छ ।