१४ बैशाख २०८१, शुक्रबार

स्थानीय सरकारको प्रत्याभुति दिलाएका र्छौः नगरप्रमुख शाही


कालीकोटः गाउँ गाउँमा नगर सरकार भएको नागरिकले प्रत्याभुति गर्न पाएको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही (पोषण) ले बताएका छन् । पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उद्घाटन गर्दै नगर प्रमुख शाहीले यस्तो बताएका हुन् ।
उनले रास्कोट नगरपालिकाले रास्कोटका नागरिकलाई स्थानीय सरकारको प्रत्याभुति गराउनका लागि नागरिक मैत्री कार्यक्रम कार्यान्वयनमा ल्याएको बताए । उनले नगरपालिकाले मुस्कान सहितको सेवा, टोलि फ्रि नम्बर, नागरिकको घरको विमा, हेलो मेयर, मेयर हेल्थ कियरलगायतका काम गरेको उल्लेख गरे । रास्कोट नगरपालिकाका नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि रास्कोटको आरसीपी बजारमा आउनुपर्ने झन्झट हटाउन नगरपालिकाले वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको जानकारी दिए ।
उनले अव रास्कोटमा शिक्षामा परिवर्तन आवश्यक रहेको बताए । शिक्षामा पनि नगरपालिकाले छिट्टै परिवर्तन ल्याउने छ, शाहीले भने, ‘पालिका भित्रका माद्यामिक विद्यालयहरुबाट खेलकुदका विभिन्न विधामा सहभागी हुने विद्यार्थीहरुलाई मैत्रीपूर्ण ढंगले उच्च अनुशासित भई खेल खेल्नु ।’ रास्कोट नगरपालिकाले खेलकुद प्रतियोगितामा पनि परिवर्तन ल्याउने बताए । उनले, विद्यालय स्तरमा शिक्षाका साथ साथै खेलकुदको व्यबस्थापन गर्दा विद्यार्थीहरुको चौतर्फि विकास हुने भएकाले रास्कोट नगरपालिका शिक्षाका साथै खेलकुदमा पनि प्रतिवद्ध रहेको धारणा राखे ।