सान्नित्रिवेणीकाे ९ नं. वडामा ताला लाग्याे


कालीकोटः सान्नित्रिवेणी गाउपालिका-९ मा तालाबन्दि गरिएकाे छ । वडाले दिने सिफारिसमा कार्यालय सहयोगीले हस्ताक्षर गरेर सिफारिस गरिएकाे बिषयमा वडाका नागरिकले तालाबन्दी गरेका हुन् । भेट्टीको छ ।
सान्नित्रिवेणी गाउँपालिका–९ का कार्यालय सहयोगी निल तिरुवाले वडाबाट दिइने सिफारिस मा आफुले हस्ताक्षर गरेर सिफारिस दिएपछि त्यहाका नागरिकले आक्राेस पाेखेका थिए । वडाध्यक्ष नभएको अवस्थामा कार्यवाहक वडाध्यक्षले दिइनु पर्ने सिफारिस कार्यालय सहयोगीले सिफारिस दिएका थिए ।
सिफारिस दिएकाे बिषयलाई सम्बन्धित निकायले चासाे नदिएपछि नागरिकले वडामा ताला लगाएका छन् ।
कार्यालय सहयोगीले आफ्नो हस्ताक्षरमा नागरिकताको प्रमाणपत्र र फरक फरक प्रमाणीतका सिफारिस दिएका थिए । उक्त बिषयलाई लिएर ताला लगाउन परेकाे सान्नित्रिवेणी गाउपालिकाका पूर्व वडाध्यक्ष दुर्ग केसिले बताए । उनले भने हामिले विधि प्रक्रियामा गएर काम गर्न भन्दा भन्दै नियम विपरित वडाले काम गरेकाले तालाबन्दी गर्न बाध्य भयाै ।
सान्नित्रिवेणी गाउँपालिकाका–९ का वडाध्यक्ष नरपति तिरुवाले कार्यंवाहक नदिएरै जिल्ला बाहिर गएका थिए । उनको सहिछापको दुरुपयोग गर्दै कार्यालय सहयोगीले सिफारिस दिन थालेपछि त्यहाँका नागरिकले आक्रोश व्यक्त गरेका थिए ।
कर्णालीपाटी । २८ फाल्गुन २०७९, आईतवार १८:४०