१६ चैत्र २०८०, शुक्रबार

कालीकोटमा पुरुषभन्दा महिलाको जनसंख्या बढी


सुर्खेत । कालीकोटमा पुरुषभन्दा महिलाको जनसंख्या बढी भएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार कालीकोटमा पुरुषभन्दा महिलाको जनसंख्या बढी रहेको पाइएको हो ।
कालीकोटमा जनगणना २०६८ अनुसार एक लाख ३६ हजार ९४८ जनसंख्या रहेको थियो । हाल त्यो जनसंख्या झण्डै नौ हजारले बृद्धि भएर एक लाख ४४ हजार ९१७ पुगेको छ ।
जसमध्ये पुरुषको जनसंख्या ७२ हजार २४३ र महिला ७२ हजार ६७४ रहेको तथ्याङ्क उल्लेख गरिएको छ । लैगिङ्ग अनुपात ९९.४१ प्रतिशत रहेको छ भने परिवारको औसत आकार ५.३८ प्रतिशत रहेको छ । जनघनत्व ८३ वर्गकिलोमिटर रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । वार्षिक जनसंख्या बृद्धिदर ०.५४ प्रतिशत रहेको छ ।
जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या खाँडाचक्र नगरपालिका र सबैभन्दाभन्दा कम जनसंख्या महावै गाउँपालिकामा रहेको छ । खाँडाचक्र नगरपालिकाको १३ हजार ३३६ भने महावै गाउँपालिकाको ८ हजार ३३४ रहेकोको छ ।
शुभकालिका गाउँपालिकाको १३ हजार नौ सय, नरहरिनाथ गाउँपालिकामा जनसंख्या २२ हजार ४१४, पचालझरना गाउँपालिका गाउँपालिकाको १३ हजार ६८३, पलाताँ गाउँपालिकाको १७ हजार ६५८, रास्कोट नगरपालिकाको १६ हजार ४६९, सान्नी त्रिवेणी गाउँपालिकाका १२ हजार ८६४ र तिलागुफा नगरपालिकाको १६ हजाार २५९ जनसंख्या रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।