गाउपालिकासंग जाेडियाे मुम्रा


कालिकोट – जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका को मुम्रामा गाडी पुगेकाे छन ।
गाउँपालिकादेखी मुम्रासम्म सडक निर्माण भएपछि मुम्रा गाउपालिकासंग सडक संजालमा जाेडिएकाे छ । रास्कोट नगरपालिका देखी मुम्रासम्म सडक निर्माण भएपनी मौसमी रुपमा गाडी चढेर जानु पर्ने यहाँका नागरिककाे वाध्यता थियो ।
वर्खामा तुसार खोला पहिरोका कारण सिपखानासम्म मात्र गाडी चढेर जानु पर्ने बाध्यता थियो ।
हिउँदको समयमा मात्र गाडीमा मुम्रा यात्रा हुने गरेको थियो । अहिले गाउँपालिका देखी काफ्रीखोला भिरको सडक निर्माण भएपछी कर्णाली करिडोर देखी गाउँपालिका केन्द्र मेहलमुडी हुदै मुम्रा गाडीनै यात्रा गर्न सहज हुने भएको छ ।
शुक्रवार गाउँपालिका उपाध्यक्ष पार्वतिसिंह प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाही लगायतको टोली गाडी लिएर मुम्रा पुग्दा त्यहाका स्थानिय नागरिकहरुले फुलमाला सहित स्वागत गरेका थिए ।
कर्णालीपाटी । २३ बैशाख २०८०, शनिबार १४:००