लेकबेसीले सूचना तथा तथ्याङ्क व्यवस्थापन ऐन बनाउँदै
सुर्खेत । सुर्खेतको लेकबेसी नगरपालिकाकाले सूचना तथा तथ्याङ्क व्यवस्थापन ऐन ल्याउने भएको छ । सूचना तथा तथ्याङ्क संकलन गर्नका लागि सूचना तथा तथ्याङ्क व्यवस्थापन ऐन ल्याउन लागेको हो ।
लेकबेसी नगरपालिका र डिजिटल राइट नेपालको आयोजना गरेको कार्यक्रममा नगरपालिका विद्यायक सरोकारवालासँगको छलफलमा सूचना तथा तथ्याङ्क व्यवस्थापन ऐनका बिषयमा राय सुझाव संकलन गरेर गरेको छ ।
नगरपालिका भित्रको अभिलेख व्यवस्थापन गर्न र त्यसको प्रयोग अधिकार प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि, स्थानीय विकासको लागि आवश्यक सामाजिक, आर्थिक, सास्कृतिक लगाएतका बिभिन्न तथ्याङ्कहरुको संकलन गर्न, प्रशोधन, विश्लेषण भण्डारण गर्नका लागि सूचना तथा तथ्याङ्क व्यवस्थापन गर्न ऐन ल्याउने भएको हो ।
नेपालको संबिधान २०७२ को धारा २२६ तथा स्थानीय सरकार सञ्चालन विद्येयक २०७४ को दफा १०२ बमोजिम नगरपालिकाकाले विद्येयक ल्याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए । ‘व्यक्तिगत घटना दर्ता, शिक्षा, सार्वजनिक भवन, पूर्वाधार, स्थानीय बजार, वातावरण, ऐतिहासिक सम्पदा, कृषि पशुपन्छी, कुल ग्राहस्थ उत्पादनलगाएतका तथ्याङ्क संकलन गरिनेछ ।’ उनले भने,‘यसलाई विद्युतिय अभिलेखमा राखिनेछ ।’
कर्णालीमा प्रदेशमा लेकबेसी नगरापालिका सूचना तथा तथ्याङ्क व्यवस्थापन ऐन ल्याउन लागिएको, यो विद्येयकले नागरिकले सूचना पाउने हकका साथै नीति निर्माण गर्दा यसले पहिलो काम गर्ने कानुनविज्ञ नारायण भट्टराईले बताए । ‘कुनै पनि योजना तथा नीति कार्यक्रम बनाउँदा पहिलो चाहिने बिषय तथ्याङ्क हो ।’ उनले भने,‘यो तथ्याङ्कका आधारमा योजना तथा नीति कार्यक्रम बनाउन मद्दत गर्नेछ ।’
अहिले अवस्थामा प्रमाणमा आधारित नीति निर्माणको लागि तथ्याङ्कको उचित व्यवस्थापन आवश्यक रहेको र स्थानीय तथ्याङ्क व्यवस्थापनका लागि आवश्यक भौतिक पूर्वाधार र नीतिगत व्यवस्था कमी रहेकाले त्यसका लागि सूचना तथा तथ्याङ्क व्यवस्थापन रहेको आवश्यक रहेको डिजिटल राइट, नेपालका अनुप नेपालीले बताए ।
पहिलो चरणमा खर्चिलो जस्तो देखिएको भएपनि सूचना तथा तथ्याङ्क व्यवस्थापन विद्येयकले आवश्यक रहेको यसले कुनै पनि योजना तथा कार्यक्रम बनाउन सजिलो हुने गैरसरकारी संस्था महासंघ सुर्खेतका सचिव विन्दुलाल रेग्मीले जानकारी दिए ।
कर्णालीपाटी । २६ असार २०८०, मंगलवार ११:४०