बजेट अभावले कालीकोटको सरुवा रोग अस्पताल संकटमा
सुर्खेत। कालीकोटमा सञ्चालित सरुवा रोग अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । कर्णाली प्रदेश सरकारले दुई वर्षअघि स्थापना गरेको थियो । तर प्रदेश सरकारले आगामी आवका लागि बजेट विनियोजन नगर्दा अस्पताल बन्द हुने अवस्थामा आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।
एक जना मेडिकल अधिकृतसहित २१ स्वास्थ्यकर्मीको दरबन्दी रहेको सरुवा रोग अस्पताल सञ्चालन गर्न बजेट माग गर्ने विषयमा कर्णाली प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय समक्ष अनुरोध गर्ने कार्यालयका अधिकृत कटकबहादुर महतले जानकारी दिए ।
“सर्वदलीय र सर्वपक्षीय वैठक बसेर सरुवा रोग अस्पताललाई तत्काल बजेट विनियोजन गर्न माग गर्ने निर्णय भएको छ”, उनले भने, “आगामी वर्षमा बजेट व्यवस्था नहुँदा समस्या हुने भएको हो ।”
कर्णालीपाटी । २८ असार २०८०, बिहीबार १५:५५