१३ माघ २०८१, आईतवार

पहिलो पटक कर्णालीमा नेपाल स्ट्रेन्थलिफ्टिङ्ग संघको गठन


सुर्खेत । पहिलो पटक विशाल हमालको नेतृत्वमा नेपाल स्ट्रेन्थलिफ्टिङ्ग संघ कर्णाली प्रदेश गठन भएको छ । हमालको अध्यक्षतामा २१ सदस्यीय स्ट्रेन्थलिफ्टिङ्ग संघ कर्णाली प्रदेशको गठन भएको हो ।

संघको उपाध्यक्षमा चेतन आचार्य, सचिवमा राजु खत्री, उपसचिवमा तेजबहादुर रोकाय, कोषाध्यक्षमा विन्दमान सार्की चयन भएको नवनिर्वाचित कोषाध्यक्ष सार्कीले बताए ।

त्यस्तै, सदस्यहरुमा गणेशमान शाक्य, अनिलकुमार भण्डारी, रितिक वि.क, लक्ष्मी सुनार, जिवन बञ्जाडे जैसी, जनक चौधरी, ईन्द्र डाँगी, मनिष विश्वकर्मा, रेशम चौधरी, मनोज राना, आकाश वि.क, दलबहादुर सुनार, राजेन्द्र सुनार, शुस्मा गिरी र जगतप्रसाद रिजाल चयन भएको सार्कीले बताए । ‘संघले स्ट्रेन्थलिफ्टिङ्ग सम्बन्धि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेल खेल्ने खेलाडीहरुलाई समन्वय गर्ने काम गर्ने छ ।’ उनले भने,‘कर्णालीमा यो पहिलो पटक प्रदेशस्तरीय कमिटी गठन भएको हो ।’