स्थानीय समस्या समाधानमा टोल विकासको सक्रियता बढ्दै
सुर्खेत । सहकर्मी समाज नेपालले वीरेन्द्रनगर नगरपालिकासँग मिलेर स्थानीय सरकार समस्या समधान गर्दै आएको छ । वीरेन्द्रनगर नगरपालिकाका टोल–टोलमा पुगेर सहकर्की समाजले नागरिकका समस्या समधान गर्दै आएको हो ।
वीवीरेन्द्रनगरका टोलमा रहेका खानेपानी, सरसफाई, सुशासन, विकास निर्माण लगाएतका क्षेत्रका विभिन्न सवालहरुको समधानका लागि सहजीकरण गर्दै आएको छ ।
द यसिया फाउन्डेसन मार्फत अस्ट्रेलियन सरकारको सहयोग र वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा हाम्रो सस्थाले स्थानिय शुसासन सुधारका लागि टोल विकास सस्थासँग मिलेर काम गर्दै आएको सहकर्मी समाजका सहजकर्ता मनिषा वलीले बताइन् । ‘हामी वीरेन्द्रनगरपालिकाका टोल विकास संस्थासँग मिलेर वचत मात्रै हैन् ।’ उनले भनिन्,‘टोल विकास सक्रिय हुन समुदायका नागरिकलाई टोल विकासको काम कर्तब्य भूमिका बारेमा जानकारी गराउने गरेका छौं ।’
हाम्रो सहजीकरण बाट टोल विकासका संस्थाहरुले आफ्ना समस्या समधान गर्दै आएको वलीको भनाई रहेको छ । ‘टोल समुदायमा परेका समस्या कतिपय समुदायले नै सहजीकरण गर्ने गरेका छन भने कतिपय सवालमा वडा तथा नगरपालिका सङ्ग सहकार्य पनि गर्ने गरेका छन ।’ उनले भनिन्,‘नागरिक र स्थानीय सरकार जोडिने यो एउटा माध्याम पनि हो ।’
टोलमा रहेको खानेपानी समस्या, बाटो घाटोको समस्या, सरसफाई, विकास निर्माणका काम गर्ने गरेको वलीले बताइन् । ‘हामी टोल विकास संस्थासँग मिलेर टोलका सबै खालका समस्या समधानका लागि टोललाई नै जिम्मेवार वनाउन सहजीकरण गरिरहेका छौं ।’ उनले भनिन्,‘ साथै टोलबाट नै असल नागरिक बन्नका लागि सारक्षता दिने काम गर्दै आएका छौं ।’
कर्णालीपाटी । ८ श्रावण २०८०, सोमबार १२:०८