१३ बैशाख २०८२, शनिबार

बिभिन्न कार्यक्रम गरेर मनाइँदै २९ औं विश्व आदिवासी दिवस


सुर्खेत । २९ औं विश्व आदिवासी दिवस बिभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । आदिवासीको जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक पहिचानलाई स्थापित गर्ने, आदिबासीहरुको मौलिक ज्ञान, सीप र उनीहरुको थाकथलो संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले आदिवासी दिवस मनाउँन लागिएको हो ।

२९ आदीबासी दिवस मनाउनका लागि यस वर्ष ‘पहिचान र आधिकार सुनिश्चितको लागि आदिवासी आदिबासी जनजाती आन्दोलनमा सहभागी बनौं, पराम्परागत ज्ञानको सीप प्रबद्र्धन गर्दै पुख्यौंली भूमी, भाषा र संस्कृति संरक्षण गरौं’ भन्ने मूल नाराका बिभिन्न कार्यक्रम गर्न लागिएको नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका कार्यवाहक अध्यक्ष अशोक राजीले बताए ।

कार्यवाहक अध्यक्ष राजीका अनुसार साउन २४ गते बिभिन्न झाँकीका साथै नगर परिक्रममा गरेर जिल्ला समन्वय समितिको हलमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यस दिन जनजातीका बिभिन्न मौलिक परिकारहरु बिक्रि वितरण तथा स्टलहरु राखिने राजीले जानकारी दिए ।

त्यो दिन बिभिन्न आदिवासी जनजाती सम्बद्ध संघ, संगठनहरुले पनि बिभिन्न कार्यक्रम राख्ने राजीले बताए ।