हात्तीसारमा रहेकी गौरीकलीको ६९ वर्षको उमेरमा मृत्यु


बारा । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत अम्लेखगञ्ज हात्तीसारमा रहेको गौरीकली नामक हात्तीको ६९ वर्षको उमेरमा निधन भएको छ । यमगज नामक जंगली हात्तीले हात्तीसारका अन्य जवान हात्तीलाई दुख दिन थालेपछि गौरीकला करिब १ वर्षदेखि हात्तीसारमा एक्लै बस्दै आएकी थिइन् ।
पर्सा निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोषकुमार भगतले गौरीकली घटस्थापनाको दिनदेखि अशक्त भई बिरामी भएको र नवमी (सोमवार) को दिन मृत्यु भएको बताएका छन् । उनको मृत्यु कुनै रोगको कारण भन्दा पनि उमेर हदका कारण बुढी भएर मृत्यु भएको बताएका छन् । नौ दिन देखि उठ्न नसकेको गौरीकलीले आहाराको रूपमा पानी र घाँस मात्र खाई रहेको थियो । मृत्युपछि निकुञ्जकै पशु चिकित्सकले सोमबार पोस्टमार्टम गरेपछि साँझ हात्तीसार परिसरमै धार्मिक विधिसहित गौरीकलीको खाल्डो खनेर सद्गत गरिएको भगतले जनाएका छन् ।
सन् १९५४ मा भारतमा जन्मिएकी गौरीकली सन् १९८४ मा अमलेखगन्ज हात्तीसारमा ल्याइएको हो । सुरुदेखि अम्लेखगञ्ज स्थित हात्तीसारमा बस्दै आएकी गौरीकलीको आफ्नो सन्तान छैनन् ।
कर्णालीपाटी । ८ कार्तिक २०८०, बुधबार २०:००