कर्णालीका हिमाली जिल्लामा हिमपात
सुर्खेत । कर्णालीका हिमाली जिल्लामा हिमपात भएको छ । कर्णालीका हिमाली जिल्ला हुम्ला, डोल्पा, मुगु, जुम्ला र कालिकोटमा हिमपात भएको हो ।
सोमबार बिहानैबाट कर्णालीका हिमाली जिल्लामा पानी पर्नुका साथै हिमपात सुरु भएको छ ।
हिमपातसँगै चिसो बढेपछि हाल जुम्लाको तापक्रम ३ दशमलव ९ डिग्रीमा झरेको छ । कर्णालीका हिमाली जिल्लामा हिमपात हुँदा चिसोले जनजीवन कष्टकर बन्नेको छ ।
पानीसहित हिमपात भएका कारणले किसानहरुका लागि निकै राम्रो भएको कालिकोट नरहरिनाथ गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रदीप बोहोराले बताए । ‘किसान गहुँ बाली छरेको बेला पानी परेकोले किसानहरुका लागि निकै राम्रो भएको छ ।’ उनले भने,‘पानी नपरेका कारणले गहुँ बाली सुक्न लागेको थियो ।’
पानी र हिमपातका कारणले बाक्लो हुस्सु लागेकोले हिमाली जिल्लाको हवाई सेवा समेत अवरुद्ध भएको छ ।
कर्णालीपाटी । १८ मंसिर २०८०, सोमबार १०:१६